Dhulikhel Eco Banner new

११ महिनामा भन्डै ७८ लाख यात्रु देशभित्र उडान गरे

4.06K
shares

सन् २०२३ को नोभेम्बर अर्थात् ११ महिनामा ७७ लाख ९४ हजार २१७ यात्रुले आन्तरिक उडान गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिकतर्फ उडान गर्ने यात्रु संख्यामा ३७.४८ प्रतिशतले बृद्धि भएको हो ।

प्राधिकरणका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ समेत ४१.०४ प्रतिशत उडान गर्नेको संख्यामा वृद्धि भएको हो।

सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले उडान सेवा लिएका छन्। नेपालबाट विभिन्न १६ देशका वायुसेवा कम्पनीले ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउजाउ गर्ने यात्रु संख्या बढेको प्राधिकरणले बताएको हो।

आन्तरिकतर्फ २१ वटा वायुसेवा कम्पनी दर्ता रहे पनि १९ कम्पनीले नियमित उडान गर्दै आएका छन्। नेपालमा ५५ मध्ये ३५ विमानस्थल सञ्चालनमा छन्।