Dhulikhel Eco Banner new

विन्ध्यवासीनी हाईड्रोपवावर डेभलपमेन्टको साधारण सभा पुस २६ गते, लाभांश वितरण गर्ने

7.67K
shares

विन्ध्यवासीनी हाईड्रोपवावर डेभलपमेन्ट कम्पनी लिमिटेडेको आर्थिक वर्ष २०८९–०८० को वार्षिकक साधारण सभा पुस २६ गते विहिबारका दिन बस्ने भएको छ । उक्त साधारण सभाले लाभांश वितरण गर्ने निर्णय समेत पारीत गर्ने भएको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत लाभाश वितरण गर्ने भएको कम्पनीले जनाएको छ । साथै आर्थिक वर्ष २०८९–०८० को वार्षिक प्रतिवेदनमा छलफल गरि स्वीकृत गर्ने समेत सभा बोलाएको कम्पनीले जनाकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०८०–०८१ को लागि लेखापरिक्षकको नियुक्ति र परिक्षकको पारिश्रमिक समेत तोक्ने र विविध विषयको प्रस्ताव रहेको छ । कम्पनीको शेयर कारोबार पुस १७ गते बन्द हरने कम्पनीले जनाएको छ ।

सभा काठकाडौंको नयाँ बानेस्वर स्थित अनमोल वैन्क्वीटमा विहान १० बजेबाट सुरु हुने छ । सभामा भाग लिन चाहाने शेयरधनीले विहान ९ बजे भित्र सभाहलमा प्रवेस गसिरसक्नु पर्ने कम्पनीले जनाएको छ । सभामा आउँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र लिएर आउनु पर्ने कम्पनीको भनाई छ ।

सभामा भर्चुअल माध्यमबाट पनि सहभागि हुन पाईने छ ।