Dhulikhel Eco Banner new

सिटिजन्स लाइफ इन्स्योरेन्सले चूक्तापुँजीको ५ प्रतिशत बोनस दिने

7.79K
shares

सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चूक्तापुँजीको ५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको ९७ औँ बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँको ५ प्रतिशतले हुन अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।

कम्पनीले करप्रयोजनार्थका ०.२६३२ प्रतिशत का दरले हुन आउने ९८ लाख ६८ हजार ४ सय २१ रुपैयाँ नगद लाभांश दिनेछ । कम्पनीले बोनस र नगद लभांश दुवै नेपाल बीमाप प्राधिरणबाट स्वीकृत भएपछि अगामी साधारणसभाबाट पारित गरेपछि मात्रै वितरण गर्ने छ।