Dhulikhel Eco Banner new

मिथिला लघुवित्तको १५औँ साधारणसभा पुस २८ गते, मर्जरमा जाने प्रस्ताव

9.06K
shares

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ साधारण सभा पुस २८ गते शनिबार हुने भएको छ ।

संस्थाको संचालक समितिको पुस ५ गते बसेको २४७ औँ वैठकको निर्णय अनुसार साधारण सभा गर्ने भएको हो । साधारण सभाको विशेष प्रस्तावमा मर्जमा जाने प्रस्ताव रहेको छ ।

संस्थाले सञ्चालक समितिमा ४ जना सञ्चालकको निर्वाचन समेत पारित गर्ने प्रस्ताव अगाडि सारेको छ । जसका लागि संस्थापक समुहबाट ३ जना र सर्वसाधरणबाट एक जना छान्ने प्रस्ताव गरेको छ । निर्वाचन सम्बन्धि जानकारी संस्थाले निर्वाचन हुनुको ७ दिन अगाडि जानकारी दिने बताएको छ ।

त्यस्तै वार्षिक प्रतिवेदन पारित, नाफा नोक्सान हिसाव, लेखापरिक्षक नियुक्ती र उसको पारिश्रमीक निर्धारण लगायतका प्रस्तावहरु रहेको कम्पनीले जनाएको छ ।

साधारणसभा धनषा जिल्लाको मिथिला नगरपालिका–१० लालगढा स्थिति न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहलमा हुने कम्पनीले जनाएको छ ।

संस्था सम्बन्धि कुनै जिज्ञासा भए शेयरधनीले साधारणसभा हुनुभन्दा ७ दिन अगाडि नै लिखित रुपमा आफ्नो जिज्ञासा राख्नुपर्ने संस्थाले बताएको छ ।