पुष मसान्तभित्र महानगरको कर बुझाए छुट पाइने, जरिवाना पनि नलाग्ने
वि.सं.२०८० पुस १७ मंगलवार १५:००
4.9K
shares
shares

काठमाडौं महानगरपालिकाले पुष समान्तभित्र कर बुझाउनेलाई करको दरमा छुट दिने भएको छ । आज महानगरले एक सूचना जारी गर्दै पुष मसान्तभित्र कर तिर्नेलाई छुट दिने जनाएको छ ।
पुष समान्तभित्र व्यवसाय कर र बहाल कर बुझाएमा चालू आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिने महानगरको भनाई छ ।
महानगरले जरिवाना समेत नलाग्ने बताएको छ । व्यवसाय र बहाल तिर्न बाँकी रहेको र जरिवानामा परेकाले पुष मसान्तभित्र व्यवसाय र बहाल कर तिरेमा महानगरले तोकेको सबै जरिवाना समेत छुट हुने महानगरले बताएको छ ।

















