घट्यो चाँदीको भाउ, सुनको कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० माघ ९ मंगलवार ११:१५
4.21K
shares
shares

काठमाडौं, ९ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा २० रुपैयाँले घटेको हो।
सुनको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारदेखि नै सुन यही मूल्यमा खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।


















