Dhulikhel Eco Banner new

मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

10.65K
shares

मोरङ, १५ जेठ । मोरङको बेलबारी नगरपालिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नम्बर १० स्थित पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

शनिबार साँझ पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को.२ त ८५५९ नम्वरको ट्रयाक्टरमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको र चौधरीको अस्पताल पु¥याउना साथ तथा धिमालको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जनाइएको छ । दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।