GBIME

खुल्यो रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ

762
shares

काठमाडौं, १० माघ । रिलायन्स स्पिनिङ मिल्सले आज बुधबारदेखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले बुक बिल्डिङ (योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल) विधिमार्फत आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता अर्थात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि १९ लाख २६ हजार ६०० कित्ताको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँका दरले आजदेखि १४ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने छ ।

बोलकबोल परेपछि ‘कट अफ प्राइस’ निकालिन्छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई सेयर बाँडफाँट गरिनेछ ।

कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणका लागि सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।