बजेट राम्रो आयो : चन्द्र ढकाल
वि.सं.२०७९ जेठ १५ आइतवार १९:२६
shares

काठमाडौ, १५ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको नयाँ बजेट समग्रमा राम्रो भएको बताएका छन् । बजेट पछि सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिंदै ढकालले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहात दिने उनले बताए ।
‘कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राम्रो बजेट आयो,’ ढकालले भने, ‘निजी क्षेत्रको माग धेरै हदसम्म राम्रो भयो,’ उनले उद्योगको जग्गा हदबन्दी जस्ता बजेटले सम्बोधन गरेको विषय निकै स्रहानीय भएको बताए ।


















