नयाँ आर्थिक वर्षको बजेट (पूर्ण पाठ)
वि.सं.२०७९ जेठ १५ आइतवार १९:३३
10.27K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
आइतबार संसदमा अर्थमन्त्री शर्माले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ ।


















