गुणात्मक महत्व ल्याउने कार्यक्रम आएनन् : भट्टराई
वि.सं.२०७९ जेठ १५ आइतवार १९:३३
shares

काठमाडौ, १५ जेठ । पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले बजेटमा गुणात्मक महत्व राख्ने र संरचनात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम नआएको टिप्पणी गरेका छन् । बजेटबारे संवाददाताहरुसँग कुराकानी गर्दै भट्टराईले भने, ‘गुणात्मक महत्वका र संरचनात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम आएनन् ।’
भट्टराईले कृषिलाई दिएको प्राथमिकता भने प्रशंसनीय भएको बताए । ‘कृषिमा दिएको प्राथमिकता र नयाँ योजना प्रशंसनीय छन्,’ उनको भनाइ छ, ‘जस्तै कृषि क्षेमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने वैज्ञानिक भूमिसुधार नगरेसम्म, भूमिमा गरिबको पहुँच नबनेसम्म त्यो पुरा हुँदैन ।’


















