प्रि ओपन सेसनमा १२.९६ अंकले बढ्यो नेप्से
वि.सं.२०८० फागुन २९ मंगलवार १०:५६
4.1K
shares
shares

काठमाडौं, २९ फागुन । नेपाल स्टक एक्चेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा १२.९६ अंकले बढेको छ ।
सोमबार बन्द भएको नेप्से कारोबार मंगलबार प्रि ओपन सेसनमा ०.६३ प्रतिशतले बढेर २०६५.६२ विन्दु कायम भएको छ ।
प्रि ओपसन सेसनमा ३४ लाख ८५ हजार बराबरको ७ हजार ४९५ कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार भएको प्रि ओपन सेनमा ४१ कम्पनीको शेयर बढेको छ भने १३ कम्पनीको शेयर घटेको छ । ६ कम्पनीको शेयेर मूल्य भने स्थिर रहेको छ ।
















