राष्ट्रिय योजना आयोगको रिक्त पदमा ४ सदस्य नियुक्त
वि.सं.२०८० चैत ८ बिहीवार ११:३८
shares

काठमाडौं, ८ चैत । आज बसेको मन्त्रिपरिसद्को निर्णयले राष्ट्रिय योजना आयोगमा रित्त रहेको ४ सदस्यहरु नियुक्त गर्ने निर्णय भएको छ ।
जसमा प्रा. संगित सिंह काठमाडौंबाट, डा. कुसेन्द्रबहादुर महत जुम्लाबाट, प्रा. शिवराज अधिकारी पाल्पाबाट र डा. अरनिकोकुमार पाँडे ललितपुरबाट सदस्यमा नियुक्त भएका छन् ।
सत्ता गठबन्धन फेरीसँगै आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले आयोगका उपाध्यक्ष उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष छुट्टाछुट्टै राजीनामा दिएका थिए ।
राजीनामा पश्चात रिक्त रहेको पदमा आज बसेको मन्त्रिपरिसद्को निर्णले सदस्यमा नियुक्त गरेको हो ।


















