GBIME

मंगलबार १०.१४ अंकले बढ्यो नेप्से, करोबार २ अर्ब ३५ करोड मात्र

1.25K
shares

काठमाडौं, १३ चैत । आज मंगलबार १०.१४ अंकले नेपाल स्टक एक्चेञ्ज (नेप्से) बढेको छ । आज नेप्से ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा पुगेको छ ।

आज २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबारको ९८ लाख ४२ हजार ३९२ कित्ता शेयर ४९ हजार ५१२ पटक किनबेच भएको छ ।

आज ३१० कम्पनीको शेयर किनबेच हुँदा १६८ कम्पनीको शेयर बढेको छ भने ६९ कम्पनीको शेयर घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

समुह तर्फ शेयर भने धेरै पछि बढी समुहको शेयर बढेको छ । आज १३ वटा समुह मध्ये १० वटा समुहको शेयर मूल्य बढेको छ भने ३ वटा समुको शेयर मूल्य घटेको छ ।

डोल्टी पावर कम्पनी, वीन नेपाल लघुवित्त र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको छ । धौलागिरी लघुवित्तको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक हानेको छ ।