GBIME

सबै प्रदेशको करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने

498
shares

काठमाडौं, १५ चैत । सबै प्रदेशको करको दरमा एधकरुपता ल्याउन अध्ययन गरिने भएको छ ।प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

योजना आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार आज बसेको बैठकमा सवारी करलाई एकरूपता निकाल्नका लागि छलफल गरेर समाधान खोजिने विषय अध्ययन गर्ने भएको जानकारी दिए ।

‘प्रदेशलाई नेपालको संविधानले नै कानुनी व्यवस्था स्पष्ट बनाएको छ । यो कानुनलाई कार्यान्वयन गर्ने क्रममा प्रदेशले कानुन तर्जुमा गरेर कार्यान्वयन गर्न सक्ने अधिकार छ’, प्रवक्ता भुसालले भने, ‘कानुनबमोजिम प्रदेशले कानुन तर्जुमा गर्दा प्रदेशअनुसार फरक–फरक सवारी कर कायम भएको छ ।’

उक्त विषयमा पहिलादेखि नै छलफल भइरहेको र एकरुपता गर्नका लागि यो निर्देशन भएको उनले जानकारी दिए ।

यो समितिमा छलफल गरेर एकरुपता बनाउनका लागि मार्ग प्रशस्त गर्ने र अघि बढ्ने भन्ने निर्णय भएको छ । यो समितिमा सबै प्रदेश, स्थानीय तह र सङ्घ छन् । जसबाट एकरुपता ल्याउने निर्णय भएको र सोहीबमोजिम निर्देशन भएको भुसालले बताए ।

यस्तै, सोही बैठकले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समाधानलाई सल्टाउनका लागि गहन छलफल भएको भुसालले बताए । यसका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिए ।

एक स्थानीय तहमा एक आधारभूत अस्पताल स्थापनाको विषयमा छलफल भएको छ । उक्त समितिको अघिल्लो बैठक भदौ महिनामा भएको थियो । देशमा कार्यान्वयन भएका विकासमा आएका समस्या पहिचान गरेर चुनौतीलाई पार लगाउँदै आयोजनालाई तोकेको समयमा आयोजना निर्माण सम्पन्न गर्न यो समितिले काम गर्छ ।

यसको अध्यक्षमा प्रधानमन्त्री अध्यक्ष छन् । सबै विभागीय मन्त्री र प्रदेशका मुख्यमन्त्री यो समितिको सदस्य छन् । वर्षमा २ पटक यसको बैठक बस्छ । पहिलो बैठक भदौमा भएको थियो । ६ महिनापछि दोस्रो बैठक भएको छ ।