GBIME

जीवन बीमक संघले गर्यो भट्टराईद्वय र पाठकलाई सम्मान

510
shares

काठमाडौं, १५ चैत । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था जीवन बीमक संघ नेपाललाई बीमा क्षेत्रबाट बाहिरिएका तीन व्यक्तिलाई सम्मान गरेको छ । संघले बुधबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रमका अवसरमा रमेशकुमार भट्टराई, मनोज भट्टराई र कवि पाठकलाई सम्मान गरेको हो ।

संघका तर्फबाट उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले खाला र सम्मानपत्रसहित सम्मान गरे । सम्मानित रमेशकुमार भट्टराई नेपाली बीमा इतिहासकै पहिलो सीईओ हुन् । पहिलो पटक नेपाल लाइफको सीईओ भएका रमेशकुमार एशियन लाइफ इन्स्यारेन्स, महालक्ष्मी लाइफ हुँदै प्रभु लाइफ इन्स्यारेन्स समेतको सीईओ भएर बीमा क्षेत्रबाट बाहिरिएका हुन् । रमेशकुमार बीमक संघको पूर्व अध्यक्ष समेत हुन् ।

मनोजकुमार भट्टराई साविकको प्राइम लाइफ इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृतबाट र कवि पाठक राष्ट्रि बीमा कम्पनीको कार्यकारी प्रमुख भएर बीमा क्षेत्रबाट बाहिरिएका व्यक्ति हुन् । बीमा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै तीन जनालाई सम्मान गरिएको जीवन बीमक संघले जनाएको छ ।