आज मेघगर्जन सहित वर्षा हुने
वि.सं.२०७९ जेठ १८ बुधवार १०:४६
shares

काठमाडौं, १८ जेठ । बुधबार देशका केही स्थानमा मेघगर्जन सहित र अन्य भुभागमा आंशिक देखि सामान्य बदली हुने भएको छ । बुधबार प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार दिउँसो प्रदेश १, वागमती, गण्डकीमा प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चटयाङ र हावाहुरीसहित वर्षा हुने सम्भावना हुने छ ।
बुधबार राति प्रदेश १, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेशका केही स्थानहरुमा, वागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जन र चटयाङसहित वर्षा हुनसक्ने विभागले जनाएको छ ।



















