Dhulikhel Eco Banner new

एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा

4.28K
shares

काठमाडौं, १८ जेठ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापकतर्फको एक लाख ९२ हजार ६२६ कित्ता शेयर बिक्री गर्ने भएको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उल्लेखित संख्या बराबरको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

संस्थापक मानाङ्क ईन्भेष्टमेण्ट प्रा.लिले बैंकको सर्वाधिक एक लाख ३ हजार ३९ कित्ता शेयर बिक्री गर्न निवेदन पेस गरेको हो। यस्तै, बोध प्रसाद त्रिपाठीले आफ्नो नाममा रहेको ५४ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैंकले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।