Dhulikhel Eco Banner new

७४ लाख राजस्व संकलन 

3.03K
shares

काठमाडौं, १२ असार । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व संकलन भएको छ ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व संकलन भएको थियो ।