नेप्से परिसूचक घट्यो
वि.सं.२०८१ असार १२ बुधवार १५:३८
shares

काठमाडौं, १२ असार । नेपाल स्टक एक्सचेञ्ज परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेको हो । नेप्से ०.५६ प्रतिशतले घटेर २०६०.१६ विन्दुमा बन्द भएको छ।
बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
गुडवील फाइनान्सको १५ करोड १६ लाख ४९ हजार रुपैयाँ र एनआरएन इन्फास्ट्रक्चर डभलपमेन्ट लिमिटेडको १३ करोड ३३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ।
बुधबार फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ्ग समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।
५७ कम्पनीको सेयर मूल्य बढ्दा हाज १८६ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।



















