Dhulikhel Eco Banner new

काठमाडौं महानगरले माग्यो ३० ‘हेभी ड्राइभर ’

3.09K
shares

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालकका लागि आवेदन खुलाएको छ। महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको छ।

महिला र पुरूष दुबै चालकको हकमा उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ। चालकको शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तोकिएको छ।

इच्छुकले महानगरपालिकाको वेबसाइटमा रहेको हेभी ड्राइभर अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिन्छ। आवेदन आगामी साउन १६ गतेसम्म दिन सकिन्छ।