काठमाडौं युनिभरसिटि स्कुल अफ म्यानेजमेट तथा एसिडिएन बीच साझेदार
वि.सं.२०८१ असार २७ बिहीवार १४:२६
shares

काठमाडौं, २७ असार । केयुएसओएम तथा एसिडिएन बीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ ।
यस साझेदारी अन्तर्गत दुइ संस्था बीचमा नेपालका बैंक तथा वित्तिय संस्था लगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेशन कार्यक्रमहरु( सर्टिफिकेसन र्कोस )संचालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रुपमा प्रदान गर्ने सहमति भएको छ ।
यसै सन्दर्भमा केयुएसओएम का डिइएन प्रोफ. डा. विजय के. सी. ले भन्नु भयो एसिडिएन संग भएको साझेदारी केयुएसओएम को व्यवस्थापन शिक्षा तथा विज्ञता विकाश गर्ने ध्येय अन्तर्गतनै भएको छ र यसबारे हामी सकारात्मक छौं ।
यस साझेदारीद्वारा नेपालको व्यवसायिक क्षेत्रमा नविनता तथा वृद्धि हासिल गर्न सम्बन्धित क्षेत्रका विज्ञहरुलाई व्यवहारिक कौशलता प्रदान गर्ने छ ।
एसिडिन द्वारा केयुएसओएम को शैक्षिक स्रोत तथा व्यवसायिक सम्बन्धहरुको विज्ञताको उच्चतम प्रयोग गरि डीजाइन गरिएका विभिन्न तालिम तथा सर्टिफिकेशन कार्यक्रमहरु प्रस्ताव गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु प्रदान गर्ने छ ।
“हामी केयुएसओएम जस्तो गरिमामय संस्थासंग साझेदारी गर्न पाउँदा एकदम हर्सित भएका छौं । यस साझेदारीबाट हामी नेपालका विभिन्न क्षेत्रहरुको संगठनात्मक उत्कृष्टता तथा दिगो विकाशको लागि प्रभावकारी सेवाहरु प्रदान गर्न सहकार्य गर्ने छौं ।” प्रमुख कार्यकारी अधिकृत स्तुति रेग्मीले भन्नु भयो ।
केयुएसओएम र एसिडिएन बीचको समझदारीले नेपालमा उद्योग–प्राज्ञिक सहकार्यलाई बढावा दिन र व्यक्ति र संस्थाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्नेछ ।



















