एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ४७४.३८ प्रतिशत छलाङ
वि.सं.२०८१ साउन २७ आइतवार ११:३४
shares

काठमाडौं, २७ साउन । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उच्च दरले बढेको छ।
कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४७४.३८ प्रतिशत बढी हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ।
१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा ६० करोड रुपैयाँ रहेको छ।कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ।
















