Dhulikhel Eco Banner new

टीकाथलीमा खुल्यो इरानी चियाको नयाँ आउटलेट

3.63K
shares

काठमाडौं, २७ साउन । काठमाडौंको टीकाथलीमा इरानी चियाको नयाँ आउटेलट खुलेको छ । काठमाडौं उपत्यकामा यो नवौं आउटेलेट हो । केटिएम भ्वाइसका कार्यक्रम प्रस्तोता आयुस बुढाथोकीको नेतृत्वमा टीकाथलीमा आउटलेट खोलिएको हो । गत शुक्रबार आउटलेटको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

नेपालमा इरानी चिया काभ्रेका सरोज पौडेलले भित्र्याएका हुन् । पौडेलका अनुसार जडिबुटीको ९औँ आउटलेट हो । १०औँ आउटलेटका रुपमा तीनकुनेमा पनि सुरु भएको उनले जानकारी दिए ।

इरानी चिया कसरी नेपालमा भित्रियो ? भन्ने विषयमा केटिएम भ्वाइसले इरानी चियाका पायोनियर पौडेलसँग भिडियो अन्तरवार्ता समेत प्रकाशन गरेको थियो ।

उद्यमी सरोज : विदेश पढेर स्वदेश फर्किए, नेपालमा इरानी चिया भित्र्याए