स्वरोजगार लघुवित्तद्वारा कर्मचारी माग
वि.सं.२०८१ साउन २७ आइतवार १२:३५
shares

काठमाडौं, २७ साउन । स्वरोजगार लघुवित्त वितिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायकदेखि सहायक प्रशिक्षार्थीमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई (एसएलसी) प्रमाण पत्र तह उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।
तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित लघुवित्तको वेभसाईट वा इमेल ठेगानामार्फतसूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ ।
सो पदमा आवेदन दिने उम्मेदवारहरुमध्ये अनुभविलाई बढी प्राथमिकता दिने लघुवित्तले जनाएको छ ।

















