सोलुखुम्बुमा लेदोसहितको बाढी
वि.सं.२०८१ साउन ३२ शुक्रवार १६:१९
shares

काठमाडौं, ३२ साउन । सोलुखुम्बुमा लेदोसहितको बाढी गएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका ५ थामेमा पहिरो जाँदा २ वटा होटल बगाएको छ ।
केही दिनयता उक्त क्षेत्रमा निरन्तर पानी परिरहेको थियो । गाउँ नै डुबाउने गरी बाढी आउने खाले पानी नपरेको पनि हिम पहिरो या ताल फुटेको अनुमान गरिएको छ ।
बाढीका कारण थामे क्षेत्र डुबाएको छ भने २ वटा होटल बगाएको छ । अहिलेसम्म मानविय क्षतिको खबर भने आएको छैन ।
उक्त क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी खटिसकेको छ । त्यस्तै, लेदोसहितको पहिरो आएका कारण दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।















