नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द रहने
वि.सं.२०८१ साउन ३२ शुक्रवार १६:३०
shares

काठमाडौं, ३२ साउन । नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने भएको छ ।
नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्ने भएकाले राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी दिएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ ।
यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ । सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।















