Dhulikhel Eco Banner new

लघुवित्त के हो ? यसको महत्व के छ ?

3.08K
shares

काठमाडौं, ८ कात्तिक । केटिएम भ्वाइसको वित्तीय साक्षरता अन्तर्गत विभिन्न विषयमा जानकारी दिदै आएका छौँ । सोही क्रमममा आज लभुवित्तको विषयमा केही जानकारी दिने प्रयास गरेका छौँ ।

नेपाल राष्ट्र बैंकले तोके बमोजिम ‘घ’ वर्गको इजाजतपत्र लिएर काम गरेका संस्थाहरु लघुवित्तको सूचिमा पर्दछन् । ‘घ’ वर्गका बैंकहरुलाई माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्था भनिन्छ ।

लघुवित्तहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमै पुगेर वित्तीय चेतनाको विकास गर्ने एवं थोरै थोरै ऋण प्रवाह गर्ने गर्दछन् । लघुवित्त बिना धितो ऋण प्राप्त हुन्छ ।

बंगलादेशबाट सुरु भएको लघुवित्तले ग्रामीण विकासमा विश्वव्यापी रुपमा नै ठूलो मद्दत पुर्याएको छ ।
लघुवित्तको महत्व :

बिना धितो कर्जा
लघुवित्तहरुले ठूलो रकमसम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो ।

केहि सिद्धान्त पालना गरेर काम गरियो भने डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन् र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ ।

अर्थात सामूहिक जमानी बसिदिन्छ । त्यहि आधारमा लघुवित्तले कर्जा दिन्छ । भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्थामा कर्जा असुलीमा सो समूहले सहयोग गर्छ ।

सामाजिक क्षेत्रमा योगदान

लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो ।

नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै निकै ठूलो योगदान रहेको छ । सनु २००३ मा ४१ प्रतिशतभन्दा माथि रहेको गरिबी अहिले २० प्रतिशतभन्दा कममा झरेको छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् ।

यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ ।

उद्यमशिलता विकास
बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ ।

गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको छ । विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?