Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्त

4.04K
shares

काठमाडौं, ६ असोज । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समिति अध्यक्ष पदमा टेक बहादुर बोहरालाई नियुक्त गरेको छ।

असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले  बोहरालाई अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि, संस्थाका अध्यक्ष सन्तोष फुयलले असोज ३ गतेसम्म संचालक समितिको सदस्य पदमा कायम रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।