गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल
वि.सं.२०७९ जेठ २४ मंगलवार १८:०५
shares

काठमाडौं, २४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताएका छन्।
पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आउनु भएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। “उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो ।
आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताए ।


















