Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.85K
shares

काठमाडौं, २९ कात्तिक । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा १ लाख ६२ हजार २ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार २ हजार २ सयले घटेर तोलामा १ लाख ६० हजार रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि ३५ घटेको छ । बुधबार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९०५ रुपैयाँमा कायम भएको छ ।