साझा हितका लागि सहकार्य गर्न विश्व समुदायलाई आग्रह
वि.सं.२०७९ जेठ २६ बिहीवार ११:११
shares

काठमाडौं, २६ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्वीजरल्याण्डको जेनेभामा संचालन भईरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११० औ अधिवेशनलाई नेपालको रोजगारदाताको तर्फबाट आज संवोधन गरे । सम्मेलन जेठ १३ गतेदेखि शुरु भएको हो ।
सम्मेलनलाई संवोधन गर्दै रोजगारदाता परिषद्का सभापति संघईले कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रम बजार, सामाजिक–आर्थिक क्षेत्रमा छिटोछिटो भईरहेको परिवर्तनका कारण अतिकम विकसित मुलुकलाई शताव्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए । यसमा ठूला र सम्पन्न राष्ट्रहरूले साना राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
सम्पूर्ण विश्वले बहुआयामिक चूनौतीको सामना गर्नु परिरहेको सन्र्दभ उल्लेख गर्दै उनले अधिवेशनमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेकोमा अन्र्तराष्ट्रिय श्रम संगठनका महानिर्देशकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
राष्ट्रहरू बीचको बढ्दो अन्तरनिर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्वनै प्रभावित हुने तथ्य उल्लेख गर्दै सभापति संघईले खाद्यान्न तथा ईन्धनको संकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण गराए ।
साथै उनले उक्त समस्या समाधानमा विश्व एकजुट हुनुुपर्नेमा जोड दिंदै यस्ता समस्याबाट विशेषगरी साना राष्ट्रहरू बढी प्रभावित हुनेमा चिन्ता व्यक्त गरे ।
स्थिरता र आपसी सहयोगको माध्यमबाटनै चूनौतीको सामना गर्न सकिने कुरामा जोड दिदै परिषद्का सभापति संघईले साझा हितका लागि सहकार्य गर्न विश्व समूदायलाई आग्रह गरे ।
कोभिड विरुद्धको खोपबाट संक्रमण निकै घटन गएको भएपनि यो पुरै निर्मुल भई नसकेकाले सर्तक रहनु पर्नेमा जोड दिए । उपाध्यक्ष संघईले कार्यशैली र कार्य वातावरणमा पछिल्लो पटक निकै धेरै परिवर्तन भैसकेकाले नयां वातावरणमा काम गर्न स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र कार्य स्थल सुधारको आवश्यकता औल्याए ।


















