राष्ट्रिय जीवन बीमामा सीईओका लागि पुनः दरखास्त आह्वान
वि.सं.२०८१ मंसिर ६ बिहीवार १०:३१
2.34K
shares
shares

काठमाडौं, ६ मंसिर । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः दरखास्त आह्वान गरेको छ ।
यसअघिको विज्ञापनबाट सीईओ छान्न असफल भएपछि कम्पनीले पुनः विज्ञापन प्रकाशित गर्दै सीईओका लागि आवेदन खुलाएको हो। योग्य तथा इच्छुक व्यक्तिले शैक्षिक योग्यता र आवश्यक पर्ने अन्य कागजात सहित २१ दिनभित्र कम्पनीको कार्यालयमा आवेदन दिनु पर्नेछ।



















