Dhulikhel Eco Banner new

डिसीईओमा थन्किएका खड्काले सक्लान त आइएमई हाक्न ?

3.04K
shares

काठमाडौं, १० मंसिर । सुर्यज्योती लाइफ इन्स्यारेन्सका नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएका छन् । खड्का पहिलो पटक लाइफ इन्स्यारेन्सको सीईओ हुन लागेका भने होइनन् ।

यसअघि नै उनी तत्कालीन सुर्या लाइफ इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालीन सुर्यलाइफ र ज्योती लाइफ इन्स्यारेन्स एक आपसमा मर्ज भएर सुर्यज्योती लाइफ इन्स्योरेन्स बनेपछि भने खड्काले घटुवा बेहोर्नु पर्यो ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु घटुवा भएपछि सामान्यतया २ हत्कण्ठा अपनाउछन् । पहिलो– भिआरएस लिएर बिदा हुने, दोस्रो– खुराफाती गरेर सीईओलाई केही महिनामा हटाएर आफू सीईओ बन्ने । तर खड्काले यी दुबै हत्कण्ठा अपनाएनन् । बोरु इमान्दारीता पूर्वक संस्थाका लागि दिलो ज्यान दिएर काम गरिरहे ।

सुर्यज्योतीका एक सञ्चालकले केटिएम भ्वाइससँग दावी गरे अनुसार २ गाभिए पश्चात संस्थाका सीईओ प्रकाश विक्रम खत्रीको भन्दा संस्थामा खड्काको योगदान धेरै थियो । व्यापार बढाउनका लागि खड्का अहोरात्र खटिने गरेको ति सञ्चारक स्मरण गर्दै भन्छन्, ‘साह्रै मेहनती हुनुहुन्थ्यो, उहाँ जस्तो नेतृत्वमा हुने र उहाँलाई साथ दिने राम्रा ५ जना उच्च तहका कर्मचारी हुने हो भने बीमा व्यवसाय अर्कै हुन्छ ।’

सुर्यज्योतीलाई नै व्यवसाय दिइरहेका एक लघुवित्तका सीईओ पनि खड्काको कार्यक्षमतामा खोट लगाउने कुनै ठाउँ नरहेको बताउछन् । ‘हामीले सुर्यज्योती रोज्नुको कारण नै पवन जी हो, उहाँको बोली व्यवहारदेखि काम गर्ने शैलीको त म प्रशंसक नै हु’ ति सीईओ भन्छन्, ‘एउटा संस्थाबाट अर्को संस्था जानु सामान्य कुरा हो तर उहाँ जस्तो मिलसानर र सज्जन मान्छे बीमा क्षेत्रमै कम छन् भन्दा फरक पर्दैन ।’

वाणिज्य शास्त्रमा स्नात्तकोत्तर उपाधि हासिल गरेका खड्का चार्टर्ड अकाउन्टेन्ट समेत हुन् । उनी लेखापरीक्षणमा आफै पोख्त छन् । नेपाल लाइफ इन्स्यारेन्सबाट करिअर सुरु गरेका खड्कासँग हाइड्रोपावर तथा सिमेन्ट उद्योग क्षेत्रमा समेत नेतृत्व तहमा काम गरेको अनुभव छ ।