महिला उद्यमीको उद्योग मन्त्रालय र वाणिज्यलाई सुुझाव
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:४०
shares

काठमाडौं, २६ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले उद्योग मन्त्रालय सुझाव पेस गरेको छ । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधवार मन्त्रालयमा भेटी उक्त सुुझाव पेश गरेको हो ।
पेश गरिएको सुुझावमा मुख्यतया सहुलियतपूर्ण कर्जा, सूचनाको पहुंच, पुनरकर्जा, परियोजना कर्जा, वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम, दर्ता नगरी संचालित लघु, घरेलु तथा साना उद्योगहरुलाई दर्ता प्रक्रियामा लैजाने, बस्तु बजारीकरण लगायतका विषयहरु समेटिएका उद्योग वाणिज्य महासंघले जनाएको छ ।
सोही दिन महासंघको महिला उद्यमी टोलीले वाणिज्य सचिव डा गणेश प्रसाद पाण्डेय समेत सुझाव पेश गर्यो । भेटघाटको क्रममा सचिव पाण्डेयले प्राप्त सुझावहरु बारेमा अध्ययन गरी आफ्नो कार्यक्ष्ोत्रमा परेका सुझावहरु कार्यान्वयमा जोड दिने आश्वासन दिएको महिला उद्यामिले जनाएका छन् ।
महासंघको महिला उद्यमी विकास समितिका सभापति रीता सिंहको नेतृत्वमा समितिका ७ सदस्यीय टोलीले भेटवार्ता गरेको थियो ।

















