रुसले भारतलाई सस्तोमा पेट्रल दिन अस्वीकर, मुल्य अझै बढ्ने सम्भावाना
वि.सं.२०७९ जेठ २६ बिहीवार १९:२०
shares

काठमाडौं, २६ जेठ । रुलेसले भारतलाई सस्तोमा कच्चा तेल (पेट्रल) दिन अस्वीकरा गरेको छ । त्यसले गर्दा नेपाली बजारमा आगामी दिनमा तेलको भाउ अझै बढ्न सक्ने सम्भावना छ ।
भारतका दुई सरकारी तेल कम्पनी भारत पेट्रोलियम कर्पोरेशन (बीपीसीएल) र हिन्दुस्तान पेट्रोलियम (एचपीसीएल)को तेल खरिदका लागि रूसी कम्पनी रोजनेफ्टसँग वार्ता चलिरहेको थियो । तर रुसले तेलको अभावका कारण सम्झौता गर्न अस्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
अहिले इन्डियन आयलले मात्रै रुसी कम्पनीसँग सस्तो कच्चा तेलको लागि ६ महिनाको सम्झौता गर्न सकेको छ । इन्डियन आयलले गत वर्ष रोजनेफ्टसँगको सम्झौता अन्तर्गत रुसी तेल खरिद गरिरहेको छ ।
सम्झौताअनुसार इन्डियन आयलले रुसी तेल कम्पनीबाट मासिक ६० लाख ब्यारेल तेल किन्न सक्नेछ । यससँगै ३० लाख ब्यारेल थप तेल खरिद गर्ने विकल्प पनि हुनेछ ।














