शेयर बजारमा यी कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर १९ बुधवार १५:१७
shares

काठमाडौं, १९ मंसिर । बुधबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । शेयर बजार २४.९७ अंकले घटेर २,७५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर ९ अर्ब १३ करोडको कारोबार भएको हो ।
शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यसदिन जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने रिभर फल्स पावरका लगानीकर्ताले ९.९० प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।
त्यसैगरी इङवा हाइड्रोपावरका लगानीकर्ताले ९.७२ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीयका लगानीकर्ताले ९.४१ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।



















