शेयर बजारमा दोहोरो अंकले गिरावट, बढ्यो कारोबार रकम
वि.सं.२०८१ मंसिर १९ बुधवार १५:१०
shares

काठमाडौं, १९ मंसिर । बुधबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । शेयर बजार २४.९७ अंकले घटेर २,७५० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर ९ अर्ब १३ करोडको कारोबार भएको हो ।
शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यसदिन सर्पोट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।



















