मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा
वि.सं.२०८१ मंसिर २६ बुधवार ११:२३
shares

काठमाडौं, २६ मंसिर । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।



















