Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.44K
shares

काठमाडौं,२८ मंसिर । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ५३ हजारमा कायम भएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ६५ रुपैयाँ घटेको छ । बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँमा कायम भएको छ ।