पेट्रोलको मूल्य बढ्यो, हेर्नुस् कति पुग्यो मूल्य ?
वि.सं.२०८१ पुस १ सोमवार ०६:००
shares

काठमाडौं, १ पुस । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाएको हो भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, र डिजेल -मट्टीतेल प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा तोकेको छ ।
त्यस्तै दोस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल-मट्टीतेल प्रतिलिटर १५० रूपैयाँ तोकेको छ भने तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल-मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ तोकेको छ ।



















