विद्युत प्राधिकरणले खुलायो विभिन्न पदमा ठूलो संख्यामा आवेदन
वि.सं.२०८१ पुस ५ शुक्रवार १०:१६
shares

काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा आवेदन खुलाएको छ। प्राधिकरणले खुला तथा समावेशी प्रक्रियाद्वारा पदपूर्ति गर्ने गरी पाँचौं तहदेखि दशौं तहसम्मको प्रशासन तथा प्राविधिकतर्फ ९५३ जनाको लागि आवेदन खुलाएको हो।
प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानून अधिकृत, लेखा अधिकृत, चार्टड एकाउन्टेन्ट, इलेक्ट्रिक इन्जिनियर, इन्जिनियर, सर्भे इन्जिनियर, वातावरणविद्, जियोलिस्ट पदमा आवेदन खुलाएको हो।
त्यसैगरी मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर लगायतका पदमा पनि दरखास्त आह्वान गरेको छ।
योग्य तथा इच्छुक व्यक्तिले पुस २५ गतेसम्म र दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन प्रणालीमार्फत दिनु पर्नेछ।



















