Dhulikhel Eco Banner new

सुनको मूल्यमा निरन्तर गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.57K
shares

काठमाडौं,५ पुस । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार तोलामा १ लाख ४९ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ४८ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । बिहिबार तोलामा १ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँमा कायम भएको छ ।