Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आगलागीबाट विस्तापित परिवारलाई सहयोग प्रदान

2.59K
shares

काठमाडौं, ५ पुस । कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति भई उक्त गाउका २६ परिवार पूर्ण रुपमा आगलागीबाट क्षति  भएको छ ।

उक्त परिवारको अवस्था हालसम्म नाजुक भएकोले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रबाट आवश्यक सहयोगका लागी अनुरोध आएकोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्षति भएका विस्तापित परिवारलाई ४२ थान सिरक खरिद गरी कम्पनीको केन्द्रिय कार्यालय, नक्साल काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सहयोग प्रदान गरेको हो ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गरे ।

सोही अवसरमा क्षति भई विस्तापित भएका परिवारलाई सहयोग गर्न पाएकोमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई प्रमुख कार्यकारी अधिकृतले धन्यवाद प्रदान गरे ।

यस सहयोगमार्फत प्रभावित समुदायको दैनिकी जीवनमा केही राहत पुर्‍याउन र पुननिर्माणमा सघाउन कम्पनीले ठोस कदम चालेको हो । उक्त अवसरमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीले पनि पीडितहरूको राहतका लागि गरिएको यस प्रयासको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग पाएकोमा खुशी व्यक्त गर्दे धन्यवाद दिए ।

आगलागी पीडितहरूको शीघ्र पुनःस्थापनाको कामना गर्दै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने कम्पनीले जनाएको छ ।