सिद्धार्थ बैंकको २२औं वार्षिकोत्सव सम्पन्न
वि.सं.२०८१ पुस १० बुधवार १४:४४
shares

काठमाडौं, १० पुस । सिद्धार्थ बैंकले २२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। नक्सालस्थित प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो ।
यो बैंक १७ औं वाणिज्य बैंकको रुपमा ९ पुस २०५९ मा स्थापना भएको थियो । बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।
यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनिहरुलाई अभिनन्दन गरेको छ ।















