Dhulikhel Eco Banner new

चोभार सुक्खा बन्दरगाहबाट पाँच महिनामा ४७ करोडको आयात

3.26K
shares

काठमाडौं, १० पुस । चालू आर्थिक वर्षको पाँच महिना ( साउनदेखि मंसिर)मा चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोडको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको हो ।

विभागका अनुसार २८ भन्दा बढी भन्सार बिन्दुबाट वैदेशिक व्यापार भएको छ । यसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट भएको छ । यस भन्सार बिन्दुबाट २ खर्ब १८ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ । जुन कुल आयातको ३३ प्रतिशत हो ।

यस भन्सार बिन्दुबाट १९ अर्ब २५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको २६.१५ प्रतिशत हो ।