महुली लघुवित्तको एफपिओ बाँडफाँट, हेर्नुस कतिजना भए मालामाल ?
वि.सं.२०८१ पुस १९ शुक्रवार १०:४९
shares

काठमाडौं, १९ पुस । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौंमा शुक्रबार एफपिओ बाँडफाँट भएको हो ।
एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ भने एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो भएको छ ।
यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी दिएको हो । एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०।१० कित्ता दरले शेयर हात पारेका छन् । सोहि मध्यका ९ जनाले भने ११ कित्ता शेयर पाएका हुन् ।



















