Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १९४ कम्पनीको शेयर मूल्य घट्यो

1.91K
shares

काठमाडौं, २८ पुस । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.४१ अंकले घटेर २,६०९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ३ अर्ब ९९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा वीन लघुवित्त र सिन्धु विकास बैैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।