दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ पुस २८ आइतवार १५:२४
shares

काठमाडौं, २८ पुस । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.४१ अंकले घटेर २,६०९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ३ अर्ब ९९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा वीन लघुवित्त र सिन्धु विकास बैैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन नेपाल रिपब्लीक मिडियाको लगानीकर्ताले ४.८७ प्रतिशतका दरले कमाएका छन् भने केबिएल डिबेन्चर र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् ।


















