Dhulikhel Eco Banner new

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता शेयर बिक्रीमा

3.04K
shares

काठमाडौं, ७ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले शेयरधनीको एनआईसी एशिया बैंकको नाममा रहेको ९८ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिद प्रस्ताव गरेको थियो तर तोकिएको म्यादसम्म संस्थापकबाट आवेदन नपरेपछि अहिले अन्य व्यक्ति र संस्थाले खरिद गर्न पाउने गरी बिक्री खुला गरेको हो।

इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित ७ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन काठमाडौं–१० बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा बुझाउनु पर्नेछ।